logo
२०८१ मंसिर ८ शनिवार



माछा मार्न कुलोमा लगाएको करेन्टमा परेर एकको मृत्यु

खुला |
प्रदेश |


माछा मार्न कुलोमा लगाएको करेन्टमा परेर एकको मृत्यु
रामपुरमा एक जना युवककाे आफैँले कुलोमा लगाएको करेन्टमा परेर मृत्यु भएको छ ।



रेखीराम राना
पाल्पा, पुस ३ गते । रामपुरमा एक जना युवककाे आफैँले कुलोमा लगाएको करेन्टमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–६, विजयपुरका ३५ वर्षीय विजय पौडेल रहनुभएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

शनिबार साँझ घर नजिकैको कुलोमा माछा मार्नका लागि थापेको करेन्टमा परेर गम्भीर घाइते भएका पौडलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुलोमा चढ्ने क्रममा लडेर पौडेल करेन्ट भएको कुलोमा परेर गम्भीर घाइते भएपर्छि उपचारको लागि रामपुर अस्पतालमा पु¥याइएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?