logo
२०८१ मंसिर १० सोमवार



भाषा र संस्कृति संरक्षण भए मौलिकता जीवित रहने– प्रदेश प्रमुख खापुङ

खुला |
समाज |


भाषा र संस्कृति संरक्षण भए मौलिकता जीवित रहने– प्रदेश प्रमुख खापुङ
कार्यक्रममा बोल्दै प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङ । तस्विर - हरिप्रसाद कोइराला



हरि कोइराला
उर्लाबारी, पुस ५ गते । मोरङको कानेपोखरी–७ मा किरात राई यायोक्खाले निर्माण गरेको ट्रिहाउस(रुख घर)को प्रदेश नं. १ प्रमुख परशुराम खापुङले उद्घाटन गर्नुभएको छ । किरात राई यायोक्खाले किरात धार्मिक वन परिसरमा निर्माण गरेको रुखघरको उँधौली पर्वको अवसरमा खापुङले उद्घाटन गर्नुभएको हो ।
रुखघरको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले भाषा, संस्कार, संस्कृतिको संरक्षण भए मात्र हाम्रो मौलिकता जीवित रहने बताउनुभयो । उहाँले एक समुदायले अर्का समुदायको सभ्यतालाई बचाउन मद्दत गर्नुपर्नेमा जोड दिँदै नेपाली संस्कृति संरक्षण सबैको हातेमालो आवश्यक रहेको औंल्याउनुभयो ।
पर्यटकीय हिसाबमा निर्माण गरिएको ट्रिहाउस एउटा परिवार बास बस्नका लागि मिल्ने क्षमताको छ । कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्रप्रसाद सिंह, सब–डिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?