logo
२०८२ जेष्ठ २५ शनिवार



सुख्खा पहिरोले डोजर पुरिँदा चालकको ज्यान गयो

खुला |
प्रदेश |


सुख्खा पहिरोले डोजर पुरिँदा चालकको ज्यान गयो



अमृतप्रसाद पौडेल
बेनी, पुस ५ गते । हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा निर्माणाधीन अवस्थामा रहेको जलविद्युत आयोजनामा सुख्खा पहिरोमा पुरिएर एक्जाभेटर चालकको मृत्यु भएको छ ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार रघुगंगा गाउँपालिका–२ भगवती घर भएका चालक भीमबहादुर खत्रीको एक्जाभेटर पुरिँदा मृत्यु भएको हो ।
दग्नाममा निर्माणाधीन टुडी पावरको कन्स्ट्रक्सनको काम भैरहेको समयमा एक्कासि पहिरो खसेर मेसिनसहित चालक पुरिएर मृत्यु भएको जानकारी प्राप्त हुनासाथ आफू घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । ‘म घटनास्थलतर्फ जाँदैछु, घटनाको बारेमा विस्तृत विवरण थप अनुसन्धान हुन बाँकी छ’ गुरुङले भन्नुभयो । गुरुङले भन्नुभयो, ‘पहिरोले मेसिन पुरिएर चालकको मृत्यु भएको जानकारी आएको छ, भगवती प्रहरी चौकीबाट टोली पुगेको छ, म पनि जाँदैछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?