logo
२०८० चैत्र १६ शुक्रवार



करणी आरोपमा ज्येष्ठ नागरिक पक्राउ

खुला |
प्रदेश |


करणी आरोपमा ज्येष्ठ नागरिक पक्राउ


सन्तोष राउत
सोलुखुम्बु, पुस ५ गते । सोलुखुम्बुका एक २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुङ्गाका एक जना ज्येष्ठ नागरिक पक्राउ परेका छन् । नेचासल्यान गाउँपालिका– ५ स्थित कालाखोप जङ्गलमा फरक क्षमता भएका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुङ्गा चिसङ्खुगढी गाउँपालिका– ७ गैरीडाँडाका ६६ वर्षीय पदमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले दिएको उजुरीका आधारमा मङ्सिर २९ गते श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पीडित महिलामाथि पटक पटक जबरजस्ती करणी हुँदैआएको र उनी गर्भवती रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओम यादवले जानकारी दिनुभयो ।

आरोपित श्रेष्ठमाथि १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रलोभनमा पारेर ती महिलामाथि जबरजस्ती करणी हुँदैआएको प्रहरीले जनाएको छ । सोलुखुम्बु र ओखलढुङ्गाको सीमाक्षेत्रमा बसोबास गर्ने दुवैजना छिमेकी रहेको र पीडित महिला अविवाहित रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?