logo
२०८१ मंसिर १० सोमवार



करणी गर्नेलाई साढे आठ वर्ष कैद

खुला |
समाज |


करणी गर्नेलाई साढे आठ वर्ष कैद



चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ७ गते । ताप्लेजुङमा मानसिक रुपमा अस्वस्थ महिलालाई करणी गर्ने एक व्यक्तिलाई साढे आठ वर्षको कैद सजाय तोकिएको छ । जिल्लाको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका ३७ वर्षीय रतनकुमार बानियाँलाई २४ वर्षीया महिलालाई करणी गरेको कसुरमा अदालतले सो सजाय सुनाएको हो ।

जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश प्रकाश राउतको इजलासले २०७६ साल कात्तिकमा पीडित महिलामाथि करणी भएको ठहर गर्दै बानियाँलाई आठ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो । जिल्ला अदालतका इजलास सहायक निमछिरिङ शेर्पाका अनुसार सजाय तोकिएका बानियाँविरुद्ध २०७७ कात्तिक अन्तिम साता जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भएको थियो ।

करणीबाट गर्भ रहन गई पीडित महिलाले प्रदेश १ सरकारद्वारा सञ्चालित मोरङको विराटनगरस्थित दीर्घकालीन पुनःस्थापना केन्द्रमा रहेको समयमा २०७७ साउन २३ गते बच्चा जन्माएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?