logo
२०८१ मंसिर १० सोमवार

  दृश्य समाचार  



सडक पेटीमा सिलौटा कुँदेर छोरालाई कम्प्युटर साइन्स पढाउँदै

खुला |
समाज |


सडक पेटीमा सिलौटा कुँदेर छोरालाई कम्प्युटर साइन्स पढाउँदै


छेटु शेर्पा, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग

काठमाडौं, पुस ७ गते । सडककै पेटीमा बसेर सिलौटो र जाँतो बनाएको उहाँको चार दशक वित्यो, ५० वर्षीया राधिका पत्थरकट्टाको यो वास्तविक जीवन कथा जो कसैले पत्याउन गाह्रो पर्ला । परिवार चलाउन र आफ्नो जीवन गुजार्न राधिकाले १० वर्षको कलिलो उमेर देखिनै पुर्खौली पेशा अगाल्दै काठमाडौंका सडकमा जवानी खर्चिन बाध्य हुनुभयो ।

विवाह भयो, दुई छोरा र तीन छोरीको जन्मपछि उहाँको जीवनमा आर्थिक संकट झन् कष्टकर बन्दै गयो । तरपनि उहाँले परिवारलाई सडकपेटीकै कमाईबाट गुजार्दे आउनुभयो । आर्थिक संकटका बीच पनि उहाँले हाल कान्छा छोरालाई कक्षा–१२ मा कम्प्युटर विज्ञान पढाउन सक्षम हुनुभएको छ । अन्य चार सन्तानलाई पढाउन नसकेपछि कान्छाछोरालाई ठूलो मान्छे बनाउने उहाँको धोको रहेको सुनाउनुभयो । कान्छा छोरा अविनास पत्थरकट्टाले एसएलसी परीक्षामा ३.१० जिपिए ल्याएपछि उहाँ हाल जेएमसी कलेज मकालवारीमा कम्प्युटर साइन्स अध्यनरत हुनुहुन्छ ।
दिउँसो आमालाई सिलौटो बनाउन सहयोग गर्ने अविनाश आफू आइटी इन्जिनियर बन्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले भन्नुभयो, आम्दानी छैन बार्षिक ३० हजार कलेजलाई बुझाउनु पर्छ, पैसा जुट्न सक्यो भने आइटी इञ्जिनियर बन्छु अनी आमालाई सुखमा राख्ने मेरो सपना छ, हेरांै भगवानले साथ दिए पूरा गर्छु । तीनै जना दिदीहरुको विवाह भयो, छ वर्ष अघि बुवाको मृत्यु भएपछि अविनास आमा र दाजु आषिसको साथमा बस्दै आउनुभएको छ ।
एउटा सिलौटो बनाउन एक दिन बढी लाग्ने गर्छ यसलाई पाँच सय देखि १५ सयसम्ममा विक्री हुने गर्छ । नेपालमा ढुङ्गा पाउन छाडेपछि भारतबाट ढुङ्गा खरिद गर्नुपर्दा हिजोआज खासै कमाई नहुने गरेको राधिकाले बताउनुभयो । दुई छोरा, बुहारी र म खटेर जेनतेन महिनामा ४० हजारसम्म कमाउने गरेका छांै उहाँले भन्नुभयो । परिवार चलाउनेदेखि छोराको पढाइ खर्चपनि यसैबाट बुझाउनु पर्छ, कान्छो पढ्छु भनेपनि माथिल्लो तहमा पढाउन सकिने अवस्था नभएको उहाँले दुखेसो पोख्नुभयो । वाल व्यवसाय विद्यालय सिफलबाट माध्यमिकतह पढ्दा अविनासलाई खासै खर्च लागेको थिएन । आर्थिक अभावकै कारण कान्छी दिदी र दाजुले कक्षा– ८ सम्म अध्यन गरेपछि पढाइलाई निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो ।
बुटवल उपमहानगरपालिका–५ देविनगर घर भएका उहाँहरुको यो पुर्खौली पेशानै भएको बताउनुभयो । उहाँ जस्तै करिव ३० बढी कुसवानियाँ परिवार यो पेशामै आवद्ध रहेको र काठमाडौंको चावाहिल र नयाँ बसपार्क क्षेत्रको सडकमा सिलौटो बनाउने काम गर्दै आएका छन् । सडकपेटीबाट नगरपालिकाबाट आएको भन्दै मासिक रुपमा पैसा असुल्ने गरेको समेत उहाँहरुको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?