logo
२०८१ मंसिर ७ शुक्रवार



जिपले पछाडि राखेर यात्रु बोक्न नपाउने

खुला |
प्रदेश |


जिपले पछाडि राखेर यात्रु बोक्न नपाउने


गोकर्ण दयाल
बैतडी, पुस ८ गते । बैतडीमा सवारी दुर्घटना बढ्न थालेपछि पाँच सिटपास पिकअप बाेलेरो जिपले अब पछाडि यात्रु बोक्न नपाउने भएका छन् । सवारी दुर्घटना पढ्न थालेपछि ट्राफिक प्रहरीले यात्रु बोक्ने सिटपास क्षमताबाहेक यात्रु ओसार्न रोक लगाएको हो । बैतडीमा गत मङ्सिर महिनामा भएको जिप दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए ।

पिकअप जिपले क्षमताभन्दा बढी यात्रु ओसार्न थालेपछि जिल्लाभर चेकजाँच बढाएको बैतडी ट्राफिक प्रहरीले जानकारी दिएको छ । सवारी दुर्घटनाका कारण धनजनको क्षति हुन थालेपछि ट्राफिक प्रहरी कार्यालय बैतडीले सचेतना अभियानसँगै सवारी साधनमा सिट पास अनुसार मात्रै यात्रु ओसार्न दिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताउनुभयो ।

ट्राफिक प्रहरीले सवारी चालकहरुले मादक पदार्थ सेवन गरेको चेकजाँच गर्नुकासाथै सवारी साधनका कागजपत्र हेर्ने र सीमित गतिमा सवारी साधन चलाए नचालएको अनुगमन गर्ने र भाडादरको सूची टाँसेकोजस्ता विषयमा चेकजाँच बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

बैतडीमा चार सिटपास क्षमता भएका पिकअप जिपको सङ्ख्या करिब १२५ रहेको यायाताय व्यवसायी त्रिलोचन थापाले बताउनुभयो । थापाले भन्नुभयो, “यसअघि पिकअप जिपले व्यावहारिक रुपमा पछाडि पनि यात्रु बोक्दै आइरहेका थिए । पछिल्लो समय ग्रामीण सडकमा दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सिटपास क्षमताअनुसार मात्रै जिप चल्न दिएका्े छ ।”

बैतडीमा १४ सिट सवारी बोक्ने पास भएका करिब २० वटा मात्रै बन्द भएका जिप गाडी रहेको यातायात व्यवसायि थापाले बताउनुभयो । ग्रामीण भेगमा अन्य गाडीको तुलनामा पिकअप जिप राम्रोसँग चल्ने भए पनि दुर्घटना बढेको थापाले बताउनुभयो । दुर्घटना बढ्नुमा जिपको मात्रै कमजोरी नभएर गुणस्तरीय सडक नभएका कारणले दुर्घटना बढेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?