logo
२०८२ भाद्र २१ शनिवार



सताक्षीधामदेखि होकलाबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु

खुला |
प्रदेश |


सताक्षीधामदेखि होकलाबारीसम्म २७ किमी सडक कालोपत्रे गर्न सुरु



लीला झापाली
बिर्तामोड, पुस १० गते । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होलाबारी सम्मको सडक कालोपत्रे हुुँदैछ । सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडकमध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि.मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो ।
प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ कडोरको लागतमा २७ किमी सडकको तीब्र रुपमा भइरहेको छ । शुक्रबार प्रदेश सांसद झलकसिंह दर्लार्मीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा संसाद दलार्मीले सडक निर्माणपछि दक्षिणी भेकका नागरिकलाई उत्तरी भेगसँग जोड्न सो सडकले ठूलो भूमिका खेल्ने बताउनुभयो । चौरी बजारदेखि दक्षिण कनकाई माईको कटानबाट करिब एक किमी सडक बनाउन कठिनाइ भए तापनि सो स्थानमा पुल निर्माण गर्न मन्त्रलायसँग बजेट माग गरिएको सांसद दर्लामीले बताउनुभयो ।
आउँदो आसार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो सडकको पूर्व पश्चिम लोकमार्गको झिलझिले देखि उत्तर सताक्षीधामसम्म कल्र्भड बनाउने काम सम्पन्न गरिएको र अव फिलिङ्गको काम सुरु गरिने  दर्लामीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिनुभयो ।
सडक कालोपत्रे गर्न सुरु गरेपछि स्थानीयबासीले खुसी भएका छन् । सडक निरिक्षणका क्रममा पूर्वाधार विकास कार्यलयका रमेशकुमार श्रेष्ठ, शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, वडा नं. ७ का वडाध्यक्ष नविन इजम, वडा नं. ४ का वडाध्यक्ष अधिकचन ताजपुरियालगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?