logo
२०८१ मंसिर ९ आईतवार



सवारी दुर्घट्नामा एक जनाको मृत्यु

खुला |
प्रदेश |


सवारी दुर्घट्नामा एक जनाको मृत्यु


बाबुराम देवकोटा
सिन्धुलीमाढी, पुस १० गते । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका– १ कुर्थौलीस्थित एक्ले आँपको मोडमा सबारी दुर्घट्नामा शनिबार एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धनुषाको सखुवा महेन्द्रनगर निवासी १९ बर्षिय रबीकुमार यादब रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार बिहान १० बजेतिर बिपरित दिसाबाट आइरहेको बा १३ च १११९ नम्बरको स्कारपिया जिप र प्रदेश ३–०–२–००५–प २२४८ नम्बरको मोटर साईकल एक आपसमा जुध्दा मोटरसाईकल चालक यादबको मृत्यु भएको हो ।

दुर्घट्नामा परी गम्भिर घाईते भएका यादबलाई उपचारका लागि जिल्ला सदरमुकाम सिन्धुलीमाढी लैजानेक्रममा बीचबाटोमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

स्थानीयकाअनुसार मृतक याबद एक बर्षभन्दा बढी समयदेखि सोही ठाँउमा मोटरसाईकल मर्मत गर्ने वर्कसप खोलेर मिस्त्री काम गर्दै आउनुभएको थियो । मोटरसाईकल मर्मत गरी चेकजाँच गर्न लैजानेक्रममा बिपरित दिशाबट आएको सोलु हाईड्रोपावरको स्कारपियो जीपसँग ठक्कर खाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?