logo
२०८१ मंसिर ९ आईतवार



दुर्गम क्षेत्रमा पुग्दै उज्यालो

खुला |
प्रदेश |
समाज |


दुर्गम क्षेत्रमा पुग्दै उज्यालो
बबई गाउँपालिका वडा नम्बर १ गङ्टेमा विद्युत सेवा उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र पालिका अध्यक्ष भुवनेश्वर पौडेल


गोकर्ण पौडेल
तुलसीपुर, पुस ११ गते । जिल्लाका पालिकाहरुले पछिल्लो समयमा दुर्गम क्षेत्रमा उज्यालो पु¥याउन थालेका छन् । आफ्ना दुर्गम वडाहरुमा उज्लालो पु¥याउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेका छन् । जिल्लाको सबैभन्दा पश्चिमी क्षेत्रमा रहेको बबई गाउँपालिकाको सबैभन्दा दुर्गम क्षेत्र गङटेमा शनिबारदेखि विद्युत सेवा पुगेको छ । गाउँपालिकाले त्यस क्षेत्रमा विद्युत सेवा पु¥याउनका लागि चार वर्ष लागेको हो ।

जिल्लाको सदरमुकामदेखि ७५ किलोमिटर पश्चिम र गाउँपालिकाको प्रशासनिक केन्द्र हापुरेदेखि २३ किलोमिटर पश्चिम क्षेत्रमा रहेको गङ्टेमा विद्युत सेवा सुरु गरिएको हो । बबई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष खड्गबहादुर कुँवरका अनुसार विद्युत सेवाबाट त्यस क्षेत्रमा रहेका करिब पाँच सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । बाँकी क्षेत्रमा पालिकाबाट विद्युतीकरणको काम अघि बढाइने अध्यक्ष कुँवरले बताउनुभयो ।

पालिकाका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार त्यस क्षेत्रमा विद्युत पु¥याउनका लागि अधिकांश क्षेत्रमा वन पर्ने भएकाले कठिनाई उत्पन्न भएको थियो । बबई गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा त्यस क्षेत्रमा विद्युत सेवा पु¥याइएको हो । पालिकाकाको वडा नम्बर ५ को बगरपुरदेखि वडा नम्बर १को गङ्टेसम्म विद्युतीकरणका लागि ट्रान्समिटर जडान, विद्युत पोल गाड्ने, तार तान्ने काम सम्पन्न भएपछि सेवा सुरु गरिएको हो ।

बबई गाउँपालिकाको वडा नम्बर ५ ट्वाङ खोलादेखि वडा नम्बर १ गङ्टेसम्म २३ किलोमिटर क्षेत्रमा विद्युत लाइन जडान गर्न थालिएको छ । विद्युतीकरणसँगै वडा नम्बर १ र ५का पाँच सय घरधुरी लाभान्वित हुने बताइएको छ । वडा नम्बर ५ का तीन सय घरधुरी लाभान्वित हुने बताइएको छ ।

यता, तुलसीपुर उपमहानगरपालिकाको विकट वडा नम्बर १९ छिल्लीकोटमा समेत यसै वर्ष विद्युत सेवा पु¥याइएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष रामबहादुर योगीका अनुसार लुम्बिनी प्रदेश सरकारको ५० लाख बजेटमा त्यस क्षेत्रमा विद्युत सेवा पु¥याइएको हो । सेवाबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का एक सय ५० घरधुरी र थप विद्युत विस्तारसँगै रोल्पाको रुन्टीगढी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । त्यसैगरी, अर्को विकट वडा नम्बर ३ को कल्ले बल्लेमा विद्युत सेवा पुगेको छ ।

तुलसीपुरबाट १७ किलोमिटर उत्तरमा रहेको बल्लेमा विद्युत सेवा पु¥याइएको वडाध्यक्ष वीरबहादुर विश्वकर्माले जानकारी दिनुभयो । विद्युत सेवा पुगेसँगै पठनपाठनमा सहज भएको, सूचना प्रविधिबाट पढाउन सकिएको माध्यमिक विद्यालय प्रतापकोटका शिक्षक नवराज घिमिरेले जानकारी दिनुभयो । यता दंगीशरण गाउँपालिकाले समेत विकट क्षेत्र वडा नम्बर १को फूर्सेखल्लीमा विद्यतु विस्तारको काम सुरु गरेको छ । पालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार विद्युतीकरणका लागि विद्युत पोल गाड्ने काम भइरहेको छ । पालिकाको प्रशासनिक कार्यालयबाट ७ किलोमिटर दक्षिणमा फुर्सेखल्ली छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?