गोपी ज्ञवाली
नवलपरासी, पुस ११ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बिहानीको समयमा घुम्न हिँडेका पैदल यात्रुहरुलाई गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
नवलपरासीको सदरमुकाम परासीमा आइतबार बिहान सुनवलतर्फ जाँदै गरेको लु २ ख ४०५५ नम्बरको गाडीले रामग्राम नगरपालिका वार्ड नम्बर ३ परासीकी ३९ वर्षीया कमला रेग्मीलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको हो ।
सोही गाडीले ठक्कर दिँदा अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयल नवलपरासीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभएको छ । चालक किसुन कुँवर योगीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।