माला कर्ण
सप्तरी, पुस १२ गते । घाँटी रेटी हत्या भएको घटनाको एक महिनापछि पुनः सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार बिहान एक महिलाको घाँटी रेटेर हत्या भएको छ ।
छिनमस्ता गाउँपालिका–१ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या गरिएको हो । बिहान घरबाट खरानी लिएर खेत पुगेकी यादवको खेतमै घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।
सप्तरी प्रहरीका प्रवक्त प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धानमा जंगे कुुकुर परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धानले हत्या भएको आशंकामा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।
यसअघि गत मंसिर ८ गते सोही गाउँपालिका–६ मा ८१ वर्षीय वृद्धको हत्या भएको थियो । सो घटना रहस्यमै रहेको अवस्थामा अर्को घटना हुनुले स्थानीय त्रसित बनेका छन् ।