माला कर्ण
सप्तरी, पुस १३ गते । नेपाली सेनाले सप्तरीको रुपनी गाउँपालिका ५ स्थित चुरे क्षेत्र अन्तर्गतको दुधैला खोलामा विभिन्न प्रजातिका चार हजार बिरुवा रोपेका छन । भीमदल गणको अभ्यास इलाका रहेको सो क्षेत्रमा डिभिजन बन कार्यालय सप्तरीसँगको सहकार्यमा प्रमुख अतिथि २७ नं. बाहिनीपति सहायक रथी हेमराज केसी र सप्तरीका प्रजिअ जनार्दन गौतमले वृक्षरोपण कार्यको शुभारम्भ गरेका हुन् ।
चुरे क्षेत्रको संरक्षणको लागि टेवा पु¥याउने उद्देश्यले गरिएको वृक्षरोपणमा तेजपत्ता नौ सय बोट, मगहनी– १२ सय बोट, मसला– एक हजार बोट र खयरको ९ सय बिरुवा गरी जम्मा चार हजार बिरुवा बृक्षरोपण गरिएको भिमदलगणका गणपति प्रमुख सेनानी निरज भण्डारीले बताउनुभयो ।
सोे कार्यक्रममा भिमदलगणका गणपति प्रमुख सेनानी निरज भण्डारी, सशस्त्र प्रहरी नं. ६ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ लगायत डिभिजन वन कार्यालयका प्रमुख, रुपनी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष, त्रिशक्ति र शनिदेव वन उपभोक्ता समितिका अध्यक्षहरुको उपस्थिति थियो ।