logo
२०८१ मंसिर ८ शनिवार



कुपोषणसम्बन्धी जनचेतना नहुँदा बालबालिका समस्यामा : मुख्यमत्री राउत

खुला |
प्रदेश |


कुपोषणसम्बन्धी जनचेतना नहुँदा बालबालिका समस्यामा : मुख्यमत्री राउत


धर्बेन्द्र झा
जनकपुरधाम, पुस १६ गते । प्रदेश २ का मुूख्यमन्त्री लालबाबु राउतले कुपोषण सम्बन्धी जानकारीको आभावका कारण समाजमा बालबालिका कुपोषणको शिकार हुनेगरेको बताउनुभएको छ । प्रदेश सरकारले आउने दिनमा कुपोषण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगले शुक्रबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभयो ।

प्रदेश २ अन्नको भण्डार भएको भन्दै यस प्रदेशमा दुध, फलफुललगायतका खाद्य सामग्रीको पर्याप्तता हँुदाहुँदै पनि त्यसको उपयोग सम्बन्धी जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुखद भएको बताउनुभयो ।

विगतमा पोषण सम्बन्धी प्रदेशमा सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुहुँदै मुख्यमन्त्री राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सम्बन्धित सरोकारबलालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “पोषणसम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाए पनि सन्तोषजनक छैन ।”

प्रदेश सरकारले कुपोषण सम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रदेशको समृद्धिका लागि पोषणजस्तो विषय लाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशंकरप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झाले पोषणको अवस्था बारेमा प्रस्तुती गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?