logo
२०८१ मंसिर ८ शनिवार



अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण

खुला |
प्रदेश |


अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण


बेलिना थापा
लमजुङ, पुस १९ गते । लमजुङका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय लमजुङले जिल्लाका २५ जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरेको हो ।

कार्यालय प्रमुख दिनेश पौडेलकाअनुसार अपाङ्गता भएका व्यक्तिलाई दैनिक जीवनमा सहज बनाउन सामग्री प्रदान गरिएको हो । आर्थिक बर्ष २०७८–७९ को २ लाख रुपियाँ बजेटबाट सो कार्यक्रम गरिएको पौडेलले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई ट्वाइलेट चेयर, कमोड चेयर, ह्विल चेयर, म्याग्निफाइड ग्यास उच्च क्षमताको प्रदान गरिएको छ ।

यस्तै, मेरुदण्ड पक्षघात भएको व्यक्तिका लागि क्याथेटर, डाइपर, वाकर, श्रवणयन्त्र, रिचार्जवल हेयरिङ एण्ड ब्याट्री चार्जर सेट, हेयरीङएड, सेतो छडी, कानमा लगाउने ह्यायेरिङ फोन, वाटर इन्डीकेटर, स्वर यन्त्र, विशेष प्रकारको जुत्ता, ट्वाइलेट कमर सेट, बैशाखीलगायतका सामग्री प्रदान गरिएको छ ।

अपाङ्गता भएका व्यक्ति र संरक्षकलाई प्रदान गरिएको छ । सुन्दरबजार नगरपालिका, मस्र्याङदी गाउँपालिका, मध्यनेपाल नगरपालिका, दोर्दी गाउँपालिका, बेंसीशहर नगरपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरिएको उहाँले बताउनुभयो ।

लमजुङमा सामाजिक विकास कार्यालय स्थापनापछि स्थानीय तहअनुसार अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन गरी काम गर्दैआएको कार्यालयले जनाएको छ । उहाँकाअनुसार कार्यालयले अपाङ्गता भएको व्यक्तिको संरक्षण र सम्वद्र्धनको काम गर्दैआएको छ ।

अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै कार्यालयले उनीहरुलाई राहत मिलोस् भनेर सहायता सामग्री सहयोग गरेको जनाएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले अपाङ्गता भएका व्यक्तिलाई सम्मानको आवश्यक पर्ने बताउनुभयो ।

सहायता सामग्री पाएपछि अपाङ्गता भएका व्यक्ति खुसी भएका छन् । दोर्दी गाउँपालिका ४ नौथरका कमलनाथ अधिकारीले अहिलेसम्म सामग्री नपाएको सामाजिक विकास कार्यालय आएपछि सामान पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?