logo
२०८१ मंसिर ८ शनिवार



जयनगर–कुर्था रेलमार्गको निरीक्षण

खुला |
समाज |


जयनगर–कुर्था रेलमार्गको निरीक्षण
भारतीय रेल मन्त्रालय अन्तर्गतकाे रेल्वे बोर्डका कार्यकारी निर्देशक डा. मनोज सिंह, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झा लगायत ।


लक्ष्मी चौधरी
जनकपुरधाम, पुस २० गते । भारतीय रेलवे समवद्ध टोलीले जयनगर–कुर्था रेलमार्गको निरिक्षण गरेको छ । जनकपुधामस्थित जनकपुरधाम रेल्वे स्टेशनमा मंगलबार भारतीय रेल मन्त्रालय अन्तर्गतका रेल्वे बोर्डका कार्यकारी निर्देशक डा. मनोज सिंहको नेतृत्वमा भारतीय रेल्वे कम्पनी कोंकन रेल्वे कम्पनीसहितको टोलीले जयनगर–कुर्था रेलमार्ग निरीक्षण गरेको हो ।

निरीक्षणको क्रममा निर्देशक डा. सिंहले नेपाल रेल सञ्चालको सम्पूर्ण तयारी भइसकेको जानकारी दिनु हुँदै अब छिट्टै रेल सञ्चालन आउने बताउनुभयो । रेल सञ्चालन हुनु अघि नेपाल तथा भारतीय रेल्वे कम्पनीको तर्फबाट सम्पूर्ण तयारी पुरा गर्ने उद्देश्यले निरीक्षणमा आएको उहाँले उल्लेख गर्नुभयो ।

जनकपुरधाम रेल्वे स्टेशन हुँदै कुर्थासम्मको रेलमार्ग निरीक्षणमा जाने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । भारतबाट रेलमार्ग हुँदै सो टोली नेपाल प्रवेश गरेको थिायो । सो निरीक्षण टोलीमा महाप्रबन्धक निरञ्जन झा, भारतीय रेल्वे कम्पनीका कर्मचारी लगायतको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?