logo
२०८१ मंसिर ८ शनिवार



पत्रपत्रिकाको बर्गिकरणको नतिजा चाँडै : अध्यक्ष बस्नेत

खुला |
प्रदेश |


पत्रपत्रिकाको बर्गिकरणको नतिजा चाँडै : अध्यक्ष बस्नेत


अमृतप्रसाद पौडेल
बेनी, पुस २१ गते । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको बर्गिकरणको नतिजा चाँडै प्रकाशन गर्नेगरी तयारी भइरहेको अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनीमा काउन्सिल नेपालको आयोजनामा भएको पत्रकार आचार संहिता जागरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभयो ।

कोभिड–१९ को कारणले बर्गीकरण प्रक्रिया रोकिए पनि अहिले प्रक्रियामा अघि बढेको उहाँले जानकारी दिनुभयो । “अब केही दिनमै बर्गिकरणको नतिजा प्रकाशनको तयारी भैरहेको छ” अध्यक्ष बस्नेतले भन्नुभयो ।

अब पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशन नभएका सबै वर्षको नतिजा क्रमशः प्रकाशन हुने उहाँले जानकारी दिनुभयो । सक्रिय राजनीति र सक्रिय पत्रकारिता एकसाथ हुन सक्दैन, त्यसमा पत्रकार जिम्मेवार बन्नुपर्छ उहाँले भन्नुभयो । सञ्चारकर्मीले आचारसंहिताको पूर्ण पालना गरी समाचार संकलन, सम्प्रेषण र सम्पादन तथा प्रकाशन गर्नुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।


प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले सञ्चारकर्मीले नै संविधानको धारा १७ मा रहेको स्वतन्त्रताको हक र २७ मा रहेको सूचनाको हकको बढी प्रयोग गर्ने भएपनि धारा २८ मा रहेको गोपनियताको हकतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । भण्डारीले भन्नुभयो ‘मौलिक हक भन्दैमा सञ्चारकर्मीले प्रकाशन प्रशारणगरेका सूचना समाचारले अपराधीलाई मौका मिल्ने वातावरण बन्नु हँुदैन ।’

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शुसासनमा मिडियाकर्मीले ध्यान दिनुपर्ने बताउनुभयो । मिडियाकर्मीले तथ्यलाई तोडमोड गरेर समाचार सम्प्रेषण गर्न नहुने उहाँले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले प्रहरीबाट कही कतै कमजोरी भएको छ भने आफूहरु सुध्रन तयार रहेको बताउनुभयो । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले युट्युव, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन काउन्सिलले भूमिका खेल्नु पर्ने सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?