logo
२०८१ मंसिर १० सोमवार



हुम्लामा तेस्रो पटक हिमपात

खुला |
प्रदेश |


हुम्लामा तेस्रो पटक हिमपात
तस्बिर - राजन रावत, हुम्ला



राजन रावत
हुम्ला, पुस २२ गते । यसवर्ष हुम्ला जिल्लामा तेस्रो पटक हिमपात भएको छ । बुधवार बेलुकाबाट आकाश खुले पनि बिहीबार बिहानबाट हिमपात भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बिहानैबाट जिल्लाभर हिमपात भएको बताउनुभयो । उहाँले बिहीबार दिउँसोसम्म आधा फिट हिउँ जमेको बताउनुभयो । हिमपात भइरहेको कारण चिसो निक्कै बढेको बताउँदै उहाँले जनजीवन भने प्रभावित भएको बताउनुभयो । हिउँसो तापक्रम माइनसम्म झरेको छ । हिमपातको कारण कार्यालयमा आउने सेवाग्राहीको संख्या पनि निक्कै कम उपस्थित हुनुभएको थियो ।

त्यसैगरी हिमपात भइरहेको कारण एक गाउँबाट अर्को गाउँमा जान पनि नसक्ने अवस्था आएको छ । यता,उत्तरी नाम्खा गाउँपालिकामा लिमी, चाला, यारी, मुचु, लेकधिंगा लगाएका स्थानमा दुई फिट भन्दा बढी हिउँ जमेको छ । त्यसैगरी नाम्खाकै लिमी र हिल्स नाकामा पनि आवतजावत बन्द भएको छ । ती स्थानमा आवतजावत गर्ने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा तीन फिट भन्दा बढी हिउँ जमेको प्रहरीले जनाएको छ ।
सदरमुकाम सिमकोटमा हिमपात हुँदै ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?