logo
२०८१ मंसिर ८ शनिवार



महिला उद्यमीद्वारा उत्पादित बस्तुहरुको प्रदर्शन

खुला |
प्रदेश |


महिला उद्यमीद्वारा उत्पादित बस्तुहरुको प्रदर्शन


अमरराज नहर्की
तनहुँ, पुस २३ गते । महिला उद्यमी सङ्घ नेपाल तनहुँको आयोजनामा दमौलीमा वित्तीय साक्षरता तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन गरिएको छ ।

कार्यक्रममा सयभन्दा बढी उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शन गरिएको छ । सो प्रदर्शनमा चुरा, पोते, टप, औंठी, चप्पल, गुडियालगायतका सामग्री प्रदर्शनमा राखिएको थियो । महिलाद्वारा उत्पादित सामग्री बजारमा जानकारी दिन प्रचार प्रसारमा सहयोग पुर्याउने र वित्तिय साक्षरता प्रदान गरी समस्याको समाधान गर्न मद्दत गर्ने उद्देश्यले तालिम प्रदान गरिएको सङ्घका अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो ।

सो सामग्री प्रदर्शनी कार्यक्रमको गण्डकी प्रदेशकी सदस्य सरिता गुरुङले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै गुरुङले महिलालाई आत्मनिर्भर बनाउन यस्ता उद्यमशिलता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?