logo
२०८१ जेष्ठ ५ शनिवार



सुदूरपश्चिममा एकैदिन २५४ जनामा कोरोना संक्रमण

खुला |
प्रदेश |


सुदूरपश्चिममा एकैदिन २५४ जनामा कोरोना संक्रमण


अविनाश चौधरी
धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेशमा बुधबार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरी एक हजार ७७५ जनाको परीक्षण गर्दा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार एन्टिजेन विधिबाट एक हजार ६०८ जनाको परीक्षण गर्दा १९६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी १२७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट गरी चार नाका भएर भारतबाट फर्किएका १६८ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट एक हजार ४८३ जना भित्रिएका छन् । फर्किएका सबैको परीक्षण गरिएको थियो । यो संगै सुदूरपश्चिममा एक हप्ताभित्रै संक्रमितको संख्या एक हजार २९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?