logo
२०८१ बैशाख १४ शुक्रवार



तनहुँमा ई– पासपोर्टको दर्ता प्रक्रिया सुरु

खुला |
प्रदेश |


तनहुँमा ई– पासपोर्टको दर्ता प्रक्रिया सुरु


अमरराज नहर्की
तनहुँ, पुस ३० गते । जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि शुक्रबारबाट आवेदन सङ्कलन सुरु गरेको छ । जिल्लाबाटै यो सेवा सुरु भएपछि काठमाडौं जानु पर्ने बाध्यता हटेको सेवाग्राहीहरुको भनाई छ ।

विद्युतीय राहदानीका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विद्युतीय राहदानीका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरी शुक्रबारबाट दर्ता शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको सहायक प्रजिअ गैरेले बताउनुभयो । आवेदन दिनका लागि काठमाडौंंमा जानु पर्ने बाध्यता हटेपछि सेवाग्राही खुसी भएका छन् ।

पुरानो एमआरपी राहदानीमा एक वर्षभन्दा बढी म्याद बाँकी रहेकाहरुको हकमा विद्युतीय राहदानी जारी नहुने कार्यालयले जनाएको छ । तनहुँमा मङ्सिर १ गतेदेखि एमआरपी फाराम सङ्कलन बन्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?