logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



नित्य पूजामा सीमित हुँदै यो वर्षको माधवनारायण जात्रा

खुला |
भिडियो |
मुख्य समाचार |


नित्य पूजामा सीमित हुँदै यो वर्षको माधवनारायण जात्रा


मनोजरत्न शाही

काठमाडौं, पुस ३० गते । माघ महिनामा भीडभाडको बीचमा मनाइने माधवनारायण जात्र यो वर्ष नित्य पूजामा सीमित हुने भएको छ । ऐतिहासिक रुपमा हेरिने साँखुको व्रत पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउनका लागि बस्नुभएको थियो ।

माधवनारायण व्रत तथा नदी सुधार समितिका अध्यक्ष, मिजेन्द्रकाजी श्रेष्ठका अनुसार भगवान माधवनारायण मूर्ति चार सय ३७ वर्ष पुरानो हो । माधव नारायणको मूर्ति यहाँ व्रत बसिसकेपछि एकछिन साल्खा टोलमा राखिन्छ । ‘शिलालेखमा लेखिएको सम्वत अनुसार यो जात्रा १४ सय वर्ष अघिदेखि चलिआएको परम्परा हो’, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

पहिलेदेखि नै यो जात्रालाई एक मेला र उत्सवको रुपमा मनाइन्थ्यो । गत वर्ष कोरोनाको कारण जात्रालाई विधिवत नित्य पूजा गरेर मात्र मनाइयो । यस्तै, यो वर्ष पनि नित्य पूजा मै जात्रा सकाउने उहाँले बताउनुभयो । ‘माधव नारायण व्रत विधिवत नित्य पूजा र विधिविधानमा सीमित गरेर मात्र लैजाने तयारीमा छ’, उहाँले भन्नुभयो, ‘प्रशासनसँग सम्पर्कमा रहेर सम्पूर्ण पूर्वतयारी गरेका छौं ।’

व्रतको पूर्वाधारको तयारी अन्तिम चरणमा पुगेको उहाँल्े बताउनुभयो । पहिले जुनसुकै उमेर समूहका व्रतमा भाग लिन पाउँथे । तर अहिले १६ देखि ६० वर्ष उमेरका सिमित व्यक्ति मात्र भाग लिन पाउँछन् । त्यसबाहेक पूर्ण खोप लिएका जो दीर्घ रोगी छैनन्, तिनीहरु व्रत बस्न पाउँछन् ।

यस्तै, व्रतालुको छातीको एक्सरे हेरेर मात्र नाम दर्ता गर्ने व्यवस्था गरिएको छ । ‘निमोनियाको लक्ष्यण छ वा छैन पुष्टि गर्नका लागि हामीले ब्रतालुको एक्स रे मागेका हौं’, उहाँले भन्नुभयो । उपत्यका साली नदी एक मात्र नदी हो जुन पवित्र रुपमा बगेको छ । यसमा कुनै ढल मिसिएको छैन । कारोना महामारीलाई ध्यानमा राखी सावधानी अपनाएर जात्राको प्रक्रिया पुरा गर्ने व्यवस्था छ ।

विभिन्न ठाउँका भक्तजनलाई दर्शनमा रोक्न भने सकिन्न । धार्मिक आस्था र संस्कृतिलाई बचाउनका लागि आफू सचेत भएर जात्रामा संलग्न हुन समितिले आग्रह गरेको छ । सामाजिक दूरी कायम गर्न जरुरी छ । यस्तै, सम्पूर्ण व्रतालुको सुरक्षाको जिम्मा समितिले गहन रुपमा लिएको छ। जत्रामा आउने भक्तजनलाई मास्क र सेनिटाइजरको व्यवस्था पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?