logo
२०८१ मंसिर ७ शुक्रवार



बाघ खोज्न तीन हात्ती परिचालन, दैनिक ४२ हजार खर्च

खुला |
प्रदेश |


बाघ खोज्न तीन हात्ती परिचालन, दैनिक ४२ हजार खर्च


नवलपरासी समाचारदाता
कावासोती माघ २ गते । पूर्वी नवलपरासीमा आतङ्क मच्चाएको नरभक्षी बाघको विगत छ दिनदेखि खोजी सुरु गरिएको भए पनि पत्तो लाग्न सकेको छैन । गत पुस २७ गतेबाट विनयी त्रिवेणीको विनयी सामुदायिक वनबाट चितवन राष्ट्रिय निकुञ्जको तीन वटा हात्ती र नौ जना प्राविधिकको सहयोगमा नरभक्षी बाघको खोजी सुरु गरिए पनि बाघको अवस्था बारे यकिन भन्न नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताउनुुभयो ।
विनयी त्रिवेणीको होङ्गसी सिमेन्ट उद्याेगभन्दा केही पर जोडी बाघ (भाले पोथी)को पाइला देखिएको भए पनि त्यो पाइला नयाँ या पुरानो हो त्यो विषयमा अध्ययन भैरहेको उहाँको भनाइ थियो । हात्ती परिचालन भएपछि जोडी बाघ माथि माथि जङ्गलमा गैरहेको टोलीले नोटिस गरेको घिमिरेले बताउनुुभयो
“हात्ती परिचालन भएपछि बाघको भाले पोथी माथि माथि जाँदै गरेको अवस्थामा पाइला भेटिएको टोलीले देखेपछि थप अध्ययन सुरु गरिएको छ”, घिमिरेले भन्नुुभयो ।
बाघको खोजी कार्य आफैमा जोखिमयुक्त र खर्चिलो हुने सहायक संरक्षण अधिकृत घिमिरेले बताउनुुभयो । “जोखिम त धेरै नै छ, खर्चिलो पनि छ, तीन वटा हात्ती र नौ जना प्राविधिकको खर्च दैनिक रुपमा ४२ हजार आसपास खर्च हुन्छ,” घिमिरेले भन्नुुभयो ।
विगत डेढ महिनादेखि विनयी त्रिवेणीको दुम्किबास, मध्यबिन्दुको अरुणखोला आसपास बाघको आक्रमणमा परेर दुुई जनाले ज्यान गुमाएका छ्न् भने एक जना घाइते भएका छ्न् । बाघको आतङ्क बढेसँगै स्थानीयहरु वनमा चौपाया चराउन, सालको पात टिप्न जान छोडेका छ्न् भने पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर दुईपाङ्ग्रे सवारी साधनमा यात्रा गर्नेहरुमा पनि त्रासको अवस्था देखिएको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले बताउनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?