logo
२०८१ मंसिर ७ शुक्रवार



तनहुँ दुर्घटनाका मृतक परिवारले शव बुझेनन्

खुला |
प्रदेश |


तनहुँ दुर्घटनाका मृतक परिवारले शव बुझेनन्


अमरराज नहर्की
तनहुँ, माघ २ गते । तनहुँको बन्दिपुर गाउँपालिका– ६ धरमपानीमा शुक्रबार राती भएको बलेरो जीप दुर्घटनामा परी मृत्यु भएका परिवारजनले शव बुझेका छैनन् । चालकको लापरबाहीले दुर्घटना भएको र फरार रहेका चालक पक्राउ गरी कारबाहीको दायरामा ल्याएपछि मात्रै शव बुझ्ने परिवारजनले अडान राखेका छन् ।

दुर्घटनापछि फरार भएका जीपका साहु र चालकलाई भौतिक रुपमा उपस्थित नगराएसम्म शव नबुझ्ने बताएको अस्पतालको भनाइ छ । न्यायका लागि भन्दै मृतकका परिवारले सङ्घर्ष समिति  गठन गरेका छन् । सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जामगरले ती २ जनालाई भौतिक रुपमा उपस्थित नगराएसम्म शव नबुझ्ने बताउनुभयो ।

‘‘जीपका साहु र चालकलाई उपस्थित गराई पीडित पक्षलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको ग्यारेन्टी गरिएपछि मात्रै हामीले शव बुझ्छौं’’ गर्जामगरले भन्नुभयो । उनीहरु २ जनालाई उपस्थित गराइ क्षतिपूर्तिका लागि सहमति गर्नुपर्ने माग मृतक परिवारका सदस्यहरुको माग छ ।

घाइतेहरुको राम्रो उपचार र दोषी व्यक्तिहरुमाथि कानुनी कारवाही अगाडि बढाउनुपर्ने माग पीडित पक्षको छ । दमौलीमा भेला भएका गाउँलेहरुले गाडी धनी र चालकलाई उपस्थित नगराइएको भन्दै शव बुझ्न नमानेका हुन् । ग १ ज ६५५५ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए ।

‘‘घटनाको अनुसन्धान गरी सत्यतथ्य आउने ग्यारेन्टी नभएसम्म परिवारजन तथा आफन्तजनले शव नलिने निर्णय गरेका छौं’ स्थानीय पार्वती खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?