logo
२०८१ मंसिर १५ शनिवार



काठमाडौंका आइसोलेसन र क्वारेन्टिन पुनः सञ्चालनको तयारी

खुला |


काठमाडौंका आइसोलेसन र क्वारेन्टिन पुनः सञ्चालनको तयारी
फाइल तस्बिर


काठमाडौं, माघ ४ गते । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

‘हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ’, मेयर शाक्यले भन्नुभयो, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्‍यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौँ ।’

शाक्यले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसीसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह पनि आग्रह गर्नुभएको छ । पहिलो र दोस्रो चरणको कोरोना सङ्क्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको उहाँको आरोप छ ।

महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । सङ्घीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि खोपको तेस्रो मात्रा पनि कामपाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?