logo
२०८१ मंसिर १५ शनिवार



ताप्लेजुङमा स्काई वाकरको परीक्षण उडान सफल

खुला |


ताप्लेजुङमा स्काई वाकरको परीक्षण उडान सफल


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ६ गते । ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्धन र विकासका लागि स्काई वाकर प्रविधिको प्रयोग हुने भएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार गरिएको परीक्षण सफल भएसँगै पर्यटन प्रवर्धनमा स्काई वाकर प्रविधिको प्रयोग गरिने भएको हो ।

नेपाली युवा वैज्ञानिक कपिल पौडेलले अाविस्कार गर्नुभएको स्काई वाकर पहिलो पटक ताप्लेजुङमा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउन लागिएको बताइएको छ । पौडेलका अनुसार स्काई वाकरले एक डाँडादेखि अर्को डाँडासम्म उडान गर्नेछ । प्रत्येक दुई किलो मिटरमा एक सेन्सर राख्नुपर्ने र सेन्सरका सहायताले लामो–लामो यात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

विभिन्न क्षेत्रहमा ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरुमा आउजाउ गर्नका लागि स्काई वाकरको प्रयोग हुने अाविस्कारक पौडेलले बताउनुभयो । यो प्रविधि विकास निर्माणको क्षेत्रमा समेत उपयोग हुने उहाँको भनाइ छ ।

ड्रोनबाट निर्माण गरिएको स्काई वाकरको व्यावसायिक रुपमा परियोजना अगाडि बढाएको अाविस्कार समूहले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?