logo
२०८१ मंसिर ७ शुक्रवार



रघुगंगामा अत्यावश्यक बाहेक सबै कामकाज बन्द

खुला |
प्रदेश |


रघुगंगामा अत्यावश्यक बाहेक सबै कामकाज बन्द


अमृतप्रसाद पौडेल
बेनी, माघ ६ गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएपछि आगामी माघ १२ गते सम्मका लागि गाउँपालिकाबाट हुने अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । ‘कोरोनासँग सम्बन्धित बाहेकका सबै सेवा बन्द गरिएको छ, अब थप परीक्षणपछि मात्रै नियमित सेवा सञ्चालन हुन्छ’ सुबेदीले भन्नुभयो ।

सुवेदीले थप्नुभयो, “गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो । त्यस्तै बुधबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसिएमसी) को वैठकले जिल्लामा सञ्चालित शैक्षिक संस्था र तातोपानीका कुण्डहरु १० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला भित्रका विद्यालय र तातोपानीका कुण्ड बिहीवारदेखि आउँदो १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो ।

त्यस्तै, डिसिएमसी बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम बुधबार राती १२ः०० बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेध आदेश जारी गरिएको छ । आदेशका समयमा सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, कभर्डहल, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन नगर्ने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?