logo
२०८१ मंसिर १५ शनिवार



अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

खुला |
प्रदेश |


अत्यावश्यक बाहेकका सबै सेवा स्थगित
फाइल तस्विर


लक्ष्मण पौडेल
भैरहवा, माघ ६ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको छ । माघ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा, मुद्दासम्बन्धी कार्य र अन्य अत्यावश्यक सेवाबाहेक सेवाहरु स्थगित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता नविकरण, पेन्सन सिफारिस प्रमाणित, नाबालक परिचयपत्र लगायतका अन्य सेवाहरु स्थगित गरिएको तिवारीले जानकारी दिनुभयो । कार्यालयमा अत्यावश्यक सेवाका लागि सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोपकार्ड लिएर (मोबाइलमा फोटो भए पनि हुने) आउनुपर्ने प्रजिअ तिवारीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

नियमित कार्यसम्पादनको क्रममा कार्यालयको विभिन्न फाँटमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण तथा लक्षण देखिएपछि हाल होम आइसोलेशनमा रहनुभएको छ । कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुने हुँदा कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलिन सक्ने जोखिम बढेकाे भन्दै ा अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?