logo
२०८१ मंसिर ७ शुक्रवार



मध्यनेपाल नगरपालिकाको कार्यालय बन्द

खुला |
प्रदेश |


मध्यनेपाल नगरपालिकाको कार्यालय बन्द


बेलिना थापा
लमजुङ, माघ ६ गते । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि लमजुङको मध्यनेपाल नगरपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको सो कार्यालयले जनाएको छ । नगरपालिकाका विभिन्न स्थानका नागरिकमा संक्रमण बढ्दै गएको र नगरपालिकामा कार्यरत कर्मचारीमै संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकको सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माका अनुसार माघ ६ गते बिहीबारदेखि माघ १२ गते बुधबारसम्म कार्यालय बन्द गरिएको छ । अन्य कर्मचारीको पीसीआर रिपोर्ट नआईञ्जेलसम्मका लागि नगरपालिका, नगरपालिकाका सबै वडा कार्यालयबाट उपलब्ध हुँदैआएको अत्यावश्यक सेवा बाहेकको सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७ दिनसम्म कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । कार्यालय बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमायाचना गरेको छ ।

नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई सचेत रहन अनुरोध गरेको छ । अनिवार्य मास्क लगाउन, पटक पटक साबुनपानीले हात धुन, सामाजिक दूरी कायम गर्न र स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गरेको छ । नागरिकलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या आएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाएको छ ।

गत सोमबार मात्रै नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको थियो । आफ्नो सम्पर्कमा रहेकालाई लक्षण देखिए परीक्षण गर्न अनुरोध  गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?