logo
२०८१ जेष्ठ ६ आईतवार



मकवानपुरको सिमभञ्ज्याङमा हिमपात त्रिभुवन राजपथ अवरुद्ध

खुला |
प्रदेश |


मकवानपुरको सिमभञ्ज्याङमा हिमपात त्रिभुवन राजपथ अवरुद्ध


राममणि दाहाल

हेटौँडा, माघ ७ गते । उत्तरी मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा हिमपातपछि त्रिभुवन राजजपथ अवरुद्ध बनेको छ । बिहीबारको वर्षापछि रातिबाट नै त्यसक्षेत्रमा हिमपात भएको हो ।

सिमभञ्ज्याङ क्षेत्रमा परेको हिउँ सडकमा जमेर शुक्रबार बिहानैबाट त्रिभुवन राजजपथ अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले त्रिभुवन राजपथअन्तर्गत चुनियाँ–पालुङ सडक खण्डको सिमभञ्ज्याङ क्षेत्रमा साढे तीन किलोमिटर क्षेत्रमा सडकमा हिउँ जमेर आवागमन ठप्प भएको जानकारी दिनुभयो । उहाँले सडकमा जमेको हिउँ पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रबाट आउने सवारीका साधनहरु दामनमा र हेटौँडाबाट जिल्लाको उत्तरी क्षेत्रलगायत काठमाडौँतर्फ जाने सवारीका साधनहरु अघोर क्षेत्रमा रोकिएका छन् ।
हिमपातपछि सिमभज्याङ क्षेत्रको डाँडाकाँडा, बोटबिरुवा र घर तथा अन्य सार्वजनिक संरचनाका छाना सेताम्य भएको छ । हरेको वर्षजसो हिमपात हुने गरेको यस क्षेत्रमा यो वर्ष दोश्रो पटक हिउँ परेको हो ।

यसअघि गत पुस १४ गते दामन–सिमभज्याङ क्षेत्रमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो । सिमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि हिउँ परेको हेर्न र हिउँ खेल्न जाने स्थानीय एवं आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । वर्षाका कारण जिल्लाभर चिसो बढेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?