logo
२०८१ मंसिर १० सोमवार



हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

खुला |
प्रदेश |


हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना


राजन राउत
हुम्ला माघ ७ गते । दक्षिणी क्षेत्रको मुगु जिल्लासँग सिमाना जोडिएको सर्केगार्ड गाउँपालिका– १ को तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । शान्ति सुरक्षा कायम गर्न स्थानीय बासिन्दाहरुको मागअनुसार सो अस्थायी प्रहरी पोष्ट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको बिशेष पहलमा स्थापना गरिएको हो ।

वडा अध्यक्ष गोकुल बुढाले तुम्चको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको बताउनुभयो । धेरै पहिलेबाट स्थानीयको माग अहिले आएर सम्बोधन भएको बताउदै उहाँले अब शान्ति सुरक्षा कायम गर्न सहज भएको बताउनुभयो । भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

एक वर्षसम्म घरभाडा गाउँपालिकाले ब्यहोर्ने सहमति भएको छ । उहाँले पोष्ट स्थापनाले जनताको सुरक्षा दिन सहज भएको बताउदै प्रहरीलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले आबश्यकता रहेको स्थानमा प्रहरी पोष्ट स्थापना भएको बताउनुभयो । हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा दश जना प्रहरी कार्यरत रहनुभएको छ ।

यसअघि सो स्थानमा प्रहरी गस्तीमा जान चारदेखि एक दिन पैदल लाग्ने गथ्र्यो । अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज भएको उहाँले बताउनुभयो । बेला बेलामा घटनाहरु घटी रहने तुम्चमा धेरै अगाडिदेखि प्रहरी चौकी स्थापनाका लागि माग हुँदैआएको भएपनि अहिले आएर कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको बिशेष पहलमा स्थापना भएको बताउनुभयो ।

तुम्च गाउँबाट अदानचुली गाउँपालिकाको गल्फागार्ड प्रहरी चौकी पुग्न चार घण्टा र सर्केगार्ड प्रहरी चौकी पुग्न एक दिन लाग्ने गथ्र्यो । यसबाट जनताको जिउधनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुगेको उहाँको भनाई छ । यसअघि खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा यस्तै पोष्ट स्थापना भएको थियो । अब जिल्लामा अस्थायी प्रहरी पोष्ट संख्या दुई पुगेको छ । त्यस्तै जिल्लाका बिभिन्न स्थानमा पन्ध्रवटा प्रहरी चौकीहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?