logo
२०८१ मंसिर १४ शुक्रवार



हिउँका कारण सुकेटार विमानस्थलमा उडान अवरुद्ध

खुला |
प्रदेश |


हिउँका कारण सुकेटार विमानस्थलमा उडान अवरुद्ध


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ७ गते । ताप्लेजुङमा भारी हिमपात भएपछि शुक्रबारको उडान अवरुद्ध भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार सुकेटार विमानस्थलमा बाक्लो हिउँ थुप्रेका कारण उडान अवरुद्ध भएको हो ।

दुई हजार ४०० मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थलमा बाक्लो हिउँ परेपछि उडान प्रभावित बनेको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । हिउँका कारण शुक्रबारको उडान रद्द भएको जानकारी उहाँले दिनुभयो । नेपाल वायु सेवा निगमले ताप्लेजुङ–काठमाडौं उडान सञ्चालन गर्दैआएको छ । शुक्रबारको उडान अवरुद्ध बनेपछि काठमाडौंका लागि टिकट लिएका १४ जना यात्रु रोकिएको लिम्बूले बताउनुभयो ।

यसअघि पहिलो पटक हिमपात हुँदा पनि यहाँको उडान अवरुद्ध भएको थियो । निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दैआएको छ । यस्तै, सीता एयरलाइन्सको उडान पनि अवरुद्ध भएको ताप्लेजुङका सम्पर्कव्यक्ति श्रीप्रसाद खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?