logo
२०८० चैत्र १५ बिहीवार



पढाइ नियमित बनाउन २२० जना छात्रालाई साइकल वितरण

खुला |
प्रदेश |


पढाइ नियमित बनाउन २२० जना छात्रालाई साइकल वितरण


लीला झापाली
बिर्तामोड, माघ ८ गते । झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई निशुल्क साइकल वितरण गरेको छ ।

हरेक वर्ष गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिदैआएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनुभयो । साइकल पाउनका लागि छात्राहरुले नियमित रुपमा विद्यालय जानुपर्ने नियम बनाइएको छ ।

झापा गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी झापा गाउँपालिकामा रहेको जनता मा वि, जनकल्याण माबि, डिल्लीराज माबि, कुवाडीदेबि माबि र महेन्द्र माबिमा अध्ययनरत २२० जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले बालबालिकालाई साइकल बितरणबाट उनीहरुको शिक्षाआर्जन गर्न पाउने मौलिक हकमा समेत सहयोग मिलेको बताउनुभयो । आदिवासी, लोपोन्मुख सन्थाल र मधेसी मूलको बाहुल्य रहेको यस झापा गाउँपालिकामा अधिकांश बालिकाहरु बीचमै विद्यालय छाड्ने र चाँडै विवाह हुने समस्या छ ।

यसलाई निरुत्साहित गर्न समेत साइकल वितरणले मद्दत मिल्ने पालिकाका अध्यक्ष शाहले बताउनुभयो । अध्ययन पूरा गरेपछि मात्रै विवाह गरेमा छात्राहरुको समेत आत्मबल बढने शाहको भनाइ छ ।

साइकल वितरणबाट पालिकालाई शिक्षित बनाउन र शिक्षाक्षेत्रमै आमुल परिवर्तनका लागि मद्दत मिलेको गाउँपालिका शिक्षाशाखा प्रमुख जीवन ढकालले बताउनुभयो । झापा गाउँपालिकाले ३ बर्षदेखि हरेक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । हरेक वर्ष साइकल पाउने छात्राहरुको सङ्ख्या थपिनुले समेत साइकल पाउने आशमा छात्राहरु नियमित स्कुल जानेगरेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । यस वर्ष साइकल वितरणका लागि २० लाख रुपियाँ गाउँपालिकाले बजेट विनियोजन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?