logo
२०८१ जेष्ठ ५ शनिवार



प्रमुख जिल्ला अधिकारी र एसपीद्वारा धनगढी बजारमा मास्क वितरण

खुला |
प्रदेश |


प्रमुख जिल्ला अधिकारी र एसपीद्वारा धनगढी बजारमा मास्क वितरण


अविनाश चौधरी
धनगढी, माघ ९ गते । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र प्रहरी उपरीक्षक विश्व खड्काले आइतबार धनगढी बजारमा मास्क वितरण गर्नुभएको छ । तेस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेका बेला मास्क लगाउन जनचेतना जगाउने उद्देश्यले उहाँहरुले बजार क्षेत्रमा मास्क वितरण गर्नुभएको हो । उहाँहरुले बजार क्षेत्रमा मास्क नलगाएका बटुवा, व्यापारी, कामदार लगायतलाई मास्क वितरण गर्नुभएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

मास्क नलगाएका व्यक्तिलाई कोरोना सङ्क्रमणबाट जोगिन र सङ्क्रमण रोकथामका लागि उपयुक्त तरिकाले नियमित मास्क लगाउन आग्रह उहाँहरुले गर्नुभयो । यसैगरी, स्वास्थ्य मापदण्डको पालना भए नभएको अनुगमन समेत गर्नुभएको छ । नेपाल सरकारले मास्क नलगाएर सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई एक सय रुपियाँ जरिवाना गर्न सक्ने निर्णय गरेको छ ।

कैलालीमा मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन सुरक्षा निकायले ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गर्दैआएको छ । सोही अभियान अन्तर्गत बजारक्षेत्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहित प्रहरी टोलीद्वारा मास्क वितरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?