logo
२०८१ जेष्ठ ६ आईतवार



सिटामोल अभावको गुनासो आएपछि बजार अनुगमन

खुला |
प्रदेश |


सिटामोल अभावको गुनासो आएपछि बजार अनुगमन


मधुसूदन तिमल्सिना
काभ्रे, माघ ९ गते । जिल्लाका अस्पताल, मेडिकल, फार्मेसी, स्वास्थ्य चौकी लगायतमा पारासिटामोलको अभाव भएको जनगुनासो आएपछि जिल्ला अनुगमन समितिले आइतबार अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा बनेपा नगरपालिका भित्रका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरिएको हो । कोभिड ओमिक्रोन भेरियन्टसँगै बजारमा पारासिटामोलको अभाव रहेको जनगुनासो आउन थालेपछि बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिनुभयो ।

गुनासो अनुसारको केही मेडिकल तथा औषधी पसलमा सिटामोल नभएको भएपनि मेडिसिन सप्लायर्स र फार्मेसीमा सिटामल रहेको उहाँले बताउनुभयो । बनेपाको जनगालमा रहेको क्युरेक्स औषधी उद्योगमा पनि सिटामोलजन्य औषधी प्रयाप्त मात्रमा बनेको र त्यसका लागि चाहिने कच्चा पदार्थ पनि रहेको बताउनुभयो ।

सप्लायर्सहरुले मागअनुसारको सिटामोलजन्य औषधी पठाएको बताएका छन । सप्लायर्समा ७५ हजार ट्याब्लेटभन्दा बढी सिटामोल रहेको पाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाइ, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, काभ्रे उद्योग बाणिज्य संघ, बनेपा नगरपालिका स्वास्थ्य शाखालगायतको उपस्थिति थियो ।

अनुगमनका क्रममा सिटामोल पर्याप्त रहेको पाइए पनि बजारमा भने अभाव रहेको स्थानीयले गुनासो गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?