logo
२०८१ मंसिर १४ शुक्रवार



कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

खुला |
प्रदेश |


कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय बन्द


सिराज खान
नेपालगञ्ज, माघ १० गते । जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकांश कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएपछि सो कार्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सोमवार अपरान्ह एक सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको जनाउनुभएको छ ।

सूचनामा शान्ति सुरक्षा र अतिआवश्यक मुद्दाको काम जारी रहने जनाउँदै ती कामका लागि आउनेहरुले खोप लगाएको कार्ड लिएर आउन तथा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने पनि उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा अत्याधिक भिडभाड हुने गरेकोमा कार्यालयलाई जारी राखेमा यसै कार्यालयबाट सर्वसाधारणमा संक्रमण फैलिने सम्भावना रहेकोले कार्यालयलाई बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

पछिल्लो समय धेरै जनामा संक्रमण देखिन थालेको र सक्रिय संक्रमित मात्रै जिल्लामा सात सयभन्दा बढी रहेकोले बाँकेलाई रेड जोन जिल्ला घोषित गरिएको छ । यसअघि नरैनापुर गाउँपालिकाका अधिकांश कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिएपछि गाउँपालिकालाई बन्द गरिएको थियो । कोहलपुर नगरपालिकामा पनि धेरैलाई संक्रमण देखिएपछि सो कार्यालयका अधिकांश सेवाहरु पनि बन्द गरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?