logo
२०८१ मंसिर १४ शुक्रवार



अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण

खुला |
प्रदेश |


अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण


जानु पाण्डे
कपिलवस्तु, माघ १२ गते । कपिलवस्तुमा चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कम्बल (ब्लाङ्केट) वितरण गरेको छ । जिल्लाभरिका १९९ विपन्न परिवारलाई कम्बल सहयोग गर्ने अभियान सुरु भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताउनुभयो ।

जिल्लाका २९ प्रहरी युनिटमार्फत अति विपन्न परिवारको नामावली संकलन गरी सहयोग गरिएको उहाँले बताउनुभयो । बुधवार यशोधरा गाउँपालिका २४ परिवारलाई दुई थानका दरले ब्लाङ्केट वितरण गरिएको प्रजिअ पाण्डेयले बताउनुभयो ।

परिवार संख्याको आधारमा ब्लाङ्केट वितरण गरिएको छ । दुई जना सदस्य भएमा १ थान र सोभन्दा बढी भएमा २ थान वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।

स्थानीय सरकार तथा अन्य संघ संस्थाबाट सहयोगको दायरामा नपरेका परिवार ब्लाङ्केट पाएपछि खुसी भएका छन् । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार चिसो तथा शीतलहर प्रभावितलाई सहयोग गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?