मुना हमाल
सुर्खेत, माघ १२ गते । कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा १८९ मत खसेको छ । कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि स्थानीय तह र प्रदेशसभा गरेर १९१ मतदाता रहेका थिए ।
प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी निर्मला रेग्मीकाअनुसार स्थानिय तह र प्रदेश सभा सदस्यबाट एक–एक जना उपस्थित भएनन् । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी १५५ जना, प्रदेशसभा सदस्य ३४ जनाले मतदान गर्नुभयो । मतदान बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो ।
मत गणना आजै हुने बताइएको छ । अहिले सर्वदलिय बैठक बस्दै छ । बैठकले कति बजेबाट मतगणना गर्ने भनेर निर्णय गर्ने सुचना अधिकारी रेग्मीले जानकारी दिनुभयो । कर्णालीमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिष्प्रर्धा भएको छ । राष्ट्रिय सभा सदस्य तीन सदस्यका लागि ६ जना उम्मेदवार रहेका छन् ।