logo
२०८१ जेष्ठ ५ शनिवार



राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतगणना सुरु

खुला |
प्रदेश |


राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतगणना सुरु


अविनाश चौधरी
धनगढी, माघ १२ गते । सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि आज भएको निर्वाचनको मत गणना सुरु भएको छ । निर्वाचनस्थल रहेको प्रदेश सभा सचिवालयमै मतगणना कार्य सुरु भएको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता संख्या २२७ रहेको थियो । ५२ जना प्रदेश सभा सदस्य र ८८ वटा स्थानीय तहका १७५ जना प्रमुख, उपप्रमुख गरेर २२७ जनाले नै भोट हाल्नु भएको सहायक निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट खुलातर्फ नेपाली काङ्ग्रेसका नारायणदत्त मिश्र, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) का मदनकुमारी शाह (गरिमा) र दलिततर्फ माओवादी केन्द्रका जगत पार्की चुनावी मैदानमा हुनुहुन्छ ।

त्यसैगरी, नेकपा (एमाले) बाट खुलातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ कैलालीका सन्तोषकुमारी शर्मा र दलिततर्फ बैतडीका नरेश विक उम्मेदवार रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?