logo
२०८१ मंसिर १४ शुक्रवार



गृहको विज्ञप्तिप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

खुला |


गृहको विज्ञप्तिप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण


काठमाडौं, माघ १४ गते । गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुनसक्ने भन्दै महासङ्घले आपत्ति जनाएको हो ।

महासचिव रोशन पुरीले सार्वजनिक गरेको विज्ञप्तिमा विज्ञप्तिका कतिपय वाक्यांशमा आपत्ति प्रकट गरिएको छ । ‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासङ्घ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ’, महासचिव पुरीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासङ्घ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

गृह मन्त्रालयले बिहीबार सार्वजनिक स्थलमा अनुमति बिना भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?