logo
२०८१ बैशाख २३ आईतवार



बझाङमा चितुवा मृत भेटियो

खुला |
प्रदेश |


बझाङमा चितुवा मृत भेटियो


शैलेन्द्र रोकाया
बझाङ, माघ १५ गते । बझाङको बुङगल नगरपालिका– ४ तम्तोलीमा मृत अवस्थामा चितुवा भेटिएको छ । शनिबार बिहान चितुवा मृत अवस्थामा देखेपछि स्थानीयले अस्थायी प्रहरी विट विजगडा र बुङगल सवडिभिजन वन कार्यालय झापालाई खबर गरेका थिए ।

नगरपालिकाको केन्द्र समेत रहेको विजगडा नजिकैको गाँउमा वयस्क भाले चितुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । चितुवाको टाउको, आँखा र शरीरमा घाउ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशंका गरिएको उहाँले बताउनुभयो ।
प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले मृत चितुवालाई पोष्टमार्टमका लागि जिल्ला डिभिजन वन कार्यालय ल्याएको छ । के कारणले चितुवाको मृत्यु भएको हो भन्नेबारे पोष्टमार्टम पछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ ।

प्रहरीले मुचुल्का गरेपछि चितुवाको डिभिजन वन कार्यालय बझाङले प्रहरीको रोहबरमा अनुसन्धान थाल्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?