logo
२०८१ जेष्ठ ५ शनिवार



हेलिकोप्टर चार्टर गरी हिल्साबाट बिरामीको उद्धार

खुला |
प्रदेश |


हेलिकोप्टर चार्टर गरी हिल्साबाट बिरामीको उद्धार


राजन रावत
हुम्ला, माघ १६ गते । चीनसँगको सीमा नाका हिल्साबाट एक जना बिरामीको हेलिकोप्टर चार्टर गरेर उद्धार गरिएको छ । चीनको पुराङ काउण्टीको ताक्लाकोटमा रहँदैआएका बिरामीको उता उपचार हुन नसकेपछि घरपरिवारका सदस्य र आफन्त मिलेर स्थानीय प्रशासनको समन्वयमा हिल्सा ल्याएर हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिका– ६ को लिमी स्थायी ठेगाना भएका पेमा नुर्बु लामाको हिल्साबाट हेलिकोप्टरमा उद्धार गरिएको बताउनुभयो । उहाँ दुई वर्षदेखि चीनको ताक्लाकोटमा रहँदै आउनुभएको थियो । बिरामीको ताक्लाकोटमा उपचार हुन नसकेपछि महाबाणिज्य दूतावास र स्थानीय प्रशासनको समन्वय हिल्सा ल्याई हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको उहाँले बताउनुभयो ।

लिमीका स्थानीय कुन्जोक तामाङले सात लाख भाडा तिरेर हेलिकोप्टर चार्टर गरी हिल्साबाट बिरामीको उद्धार गरिएको बताउनुभयो । सो भाडा बिरामीका परिवारका सदस्य र आफ्न्तले ब्यवस्था गर्नुभएको हो । केही समय अगाडिबाट बिरामी लामा ताक्लाकोटमा बिरामी परेको भए पनि उपचार हुन नसकेपछि परिवारका सदस्यले बिरामीलाई नेपालमा ल्याउने प्रयास गर्नुभएको थियो ।

बिरामीलाई कलेजो र ग्यास्टिकको समस्या रहेको बताइएको छ । एक हप्ता अघिदेखि बिरामीको उद्धार गर्ने प्रयास गरिएको भए पनि प्रक्रिया मिलाउन समय लागेको उहाँले बताउनुभयो । बिरामीसँगै दुई जना सहयोगीलाई पनि ताक्लाकोटको स्थानीय प्रशासनले हिल्सामा ल्याएको छ । एक जना सहयोगी बिरामीसँगै काठमाडौं जानुभएको छ भने एक जना हिल्सामै रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?