logo
२०८१ मंसिर १३ बिहीवार



सामुदायिक वनमा बाघ मृत फेला

खुला |
प्रदेश |


सामुदायिक वनमा बाघ मृत फेला


गोपी ज्ञवाली
नवलपरासी, माघ १६ गते । पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाको दाउन्ने देवी सामुदायिक बनबाट मृत अवस्थामा एकपाटे बाघ फेला परेको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका १६ स्थित दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा एकपाटे बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय बर्दघाटका प्रमुख सहायक वन अधिकृत गिरीराज पन्तले बताउनुभयो ।

आइतवार दाउन्नेदेवी (कुकुरमारा) का स्थानीय महिला जङ्गलमा घाँसपातका लागि जाने क्रममा दाउन्नेदेवी सामुदायिक वनमा मृत अवस्थामा पाटेबाघ फेला परेको थियो । मृत फेला परेपछि स्थानीयवासीले प्रहरीलाई सूचना गरेका थिए । मृत अवस्थामा फेलापरेको बाघको शरीरमा तीन गोली लागेको पाइएको सबडिभिजन वन कार्यालय बर्दघाटका प्रमुख सहायक वन अधिकृत पन्तले बताउनुभयो ।

करिब ७ फिट लम्बाइ, ३ फिट उचाइ रहेको सो बाध १ सय ५० किलो वजनको वयस्क पोथी बाघ रहेको थियो । मृत अवस्थामा फेला परेको उक्त बाघको छाला काडी छाला वन कार्यालयमा नै राखी अन्य शरीर माटोमा गाडिएको सबडिभिजन वन कार्यालय बर्दघाटको कम्पाउन्डभित्र गाडिएको बताइएको छ ।

मृत बाघको प्रकृति हेर्दा चोरी निकासी गर्ने मानिसले अन्य वन्यजन्तु मार्न पासो थापेका थिए । पासोमा बाघ परेपछि छाडेर भागेका हुनसक्ने वन कार्यालयले अनुमान गरेको छ । फेला परेको बाघका छाला वा अन्य अङ्गहरु राष्ट्रिय निकुन्जमा पठाइने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?