logo
२०८१ मंसिर १३ बिहीवार



बाँकेमा कोरोना सङ्क्रमित घटे, अस्पताल भर्ना हुने न्यून

खुला |
प्रदेश |


बाँकेमा कोरोना सङ्क्रमित घटे, अस्पताल भर्ना हुने न्यून


सिराज खान
नेपालगञ्ज, माघ १६ गते । गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्या आइतवार कमीआएको छ । आइतवार सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार शनिवारसम्म भेरी अस्पताल, मेडिकल कलेज र निजी ल्याबमा गरेर दैनिक १२५ जनाको हाराहारीमा सङ्क्रमित थपिने गरेका छन् । जमुनाहा नाकामा पनि करिब ४० जना संक्रमित भेटिने गरेको थियो । तर, आइतवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जना मात्र सङ्क्रमित भेटिएको र जमुनाहा नाकामा १९ जना मात्र सङ्क्रमित भेटिएको फोकल पर्सन ओलीले बताउनुभयो ।

स्वास्थ्य मापदण्डको पालनामा जोड दिइएको र खोप लगाउने अभियानलाई तिव्र गतिमा अगाडि बढाइएकाले सङ्क्रमित घटेको हुनसक्ने उहाँले बताउनुभयो । अहिले भेटिनेगरेका सङ्क्रमितमध्ये खोप लगाइसकेका लाई अस्पतालमा भर्ना हुन नपरेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

अस्पतालमा भर्ना हुने दर निकै कम रहेको जनाउँदै कोरोना फोकल पर्सन ओलीले भर्ना हुनेहरु खोप नलगाएकाहरु अझ धेरै रहेको पाइएको बताउनुभयो । अहिले भेरी अस्पतालमा भर्ना भएका सङ्क्रमितको सङ्ख्या मात्र ३६ जना रहेको जनाउँदै ओलीले तीमध्ये दुई जना मात्रै सिकिस्त छन् । अन्य सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

सङ्क्रमित घटे पनि स्वास्थ्य मादण्डको पालना र सरकारले जारी गरेको निर्देशनलाई यथावत् पालना गराउने काम भैरहको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?