मधुसूदन तिमल्सिना
काभ्रे, माघ १६ गते । सरकारले विद्युतीय राहदानी अनिवार्य गरेपछि काभ्रेमा पनि सुरु भएको छ । आइतबारबाट प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले एक कार्यक्रमबीच विद्युतीय राहदानी (पासपोर्ट) वितरण सुरु गर्नुभएको हो ।
विद्युतीय राहदानी सुरु भएपछि जिल्लाबासीलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । जिल्लाबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण हुदैँआएको थियो । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले अनलाइनको माध्यमबाट फर्म भरेपछि जिल्ला प्रशासन कार्यालयमार्फत रुजु गरिने जानकारी दिनुभयो । रुजु गरेपछि पाँच हजार रुपियाँ तिरेर जिल्ला प्रशासनबाट र अतिरिक्त पैसा तिरेर विभागबाट नै लिन सकिन्छ । जिल्ला प्रशासन कार्यालयले राहदानीका लागि बैङक काउन्टर स्थापनाका लागि पहल गरेको जनाएको छ ।