logo
२०८१ मंसिर १३ बिहीवार



उल्टो हिडेर परियारको मेचीकाली यात्रा

खुला |
प्रदेश |


उल्टो हिडेर परियारको मेचीकाली यात्रा


लीला झापाली
बिर्तामोड, माघ १६ गते । दाङ तुलसीपुर– ३ रानागाउँका ३० बर्षिय ऋषि परियारले मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गर्नुभएको छ । शनिवारदेखि काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा गर्दै सो यात्राको सुरुवात् गर्नुभएको हो ।

दुई महिनाभित्र महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्ने बताउनुभयो । यसअघि समेत जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसक्नुभएका यी युवाले यस पटक भने स्वास्थ्य रहन दैनिक कम्तिमा एक घण्टा हिड्नु अनिवार्य हुन्छ । स्वास्थ्य सन्देश लिएर आफू नेपाल यात्रामा निस्किएको उहाँले बताउनुभयो । उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने परियारको लक्ष्य छ ।

‘स्वास्थ्यका लागि पैदल यात्रा’ नारा दिएका परियारले कोरोनामुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेका बताउनुभयो । परियारलाई प्रदेश सांसद झलकसिंह दर्लामीलगायात स्थानीय राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, सामाजिक अभियन्ता र सुरक्षा निकायका प्रतिनिधिले मेची पुलबाट विदाई गर्नुभयो ।

यी दुई अभियान सफलपछि थप दुई विधामा समेत विश्व रेकर्डको आफु तयारीमा रहेको परियारले बताउनुभयो । नेपाल र नेपालीलाई विश्वसामु परिचित गराउन आफुले यी सबै काम गरेको परियारको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?