logo
२०८१ जेष्ठ ५ शनिवार



प्रदेश सभा सञ्चालन र बजेट हेरफेरबारे छलफल

खुला |
प्रदेश |


प्रदेश सभा सञ्चालन र बजेट हेरफेरबारे छलफल


मुना हमाल
सुर्खेत, माघ १७ गते । कर्णाली प्रदेशको चालु आर्थिक वर्षको बजेट हेरफेर र प्रभावकारी रुपमा प्रदेश सभा सञ्चालनका लागि छलफल भएको छ । यसका लागि प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । प्रदेश सभालाई प्रभावकारी बनाउन र बजेटमा देखिएका कमजोरी सच्याउन सुझाव दिनेगरी गठन गरेर छलफल अघि बढाइएको हो । कार्यदलमा नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा एकीकृत समाजबादी संसदीय दलका नेता चन्द्रबहादुर शाही हुनुहुन्छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अध्यादेशमार्फत ल्याएको बजेट हेरफेर गर्नुपर्ने माग राखेको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले बजेटमा भएका कमिकमजोरी सच्याउनुपर्ने बताएको थियो । एमालेले पुराना योजनालाई अघि बढाउनु पर्ने, टुक्रे योजना लाई खारेज गर्नुपर्ने लगायतका माग राखेको थियो ।

एमाले संसदीय दलका नेता यामलाल कंडेलले विकास खाने योजना खारेज गरेर विकास गर्ने योजना ल्याए प्रमुख प्रतिपक्षीले सरकारलाई सहयोग गर्ने बताउनुभयो । सो बजेट सोहीअनुसार यस विषयमा कार्यदल नै बनाएर छलफल भएको बताइएको छ । आवश्यक छलफल गर्न बाँकी रहेकाले सोमबार दिउँसो बस्ने भनिएको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संयोजक भण्डारीले प्रमुख प्रतिपक्ष दलले बजेट तथा कार्यक्रमसम्बन्धी उठाएका सवालका बिषयमा छलफल गरेको र यसलाई टुङ्ग्याउन शिर्ष नेताहरुलाई सुझाव दिएको बताउनुभयो । उहाँकाअनुसार मुख्यमन्त्री जीवनबहादुर शाही, एमाले संसदीय दलका नेता यामलाल कंडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले छलफलमा जुट्नु
बैठक स्थगित
कर्णाली प्रदेशसभाको सोमबार बस्ने भनिएको नबौं बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलले उठाएका मागहरु सम्बोधनका लागि छलफल जारी रहेकाले बैठक स्थगित भएको बताइएको छ ।

प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बताउनुभयो । उहाँले प्रदेशसभा लाई कसरी प्रभावकारी गराउने भनेर कार्यदल गठन गरिएको र आपसी सझमदारीका लागि छलफल भइरहेकोले बैठक स्थगित भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?