logo
२०८१ जेष्ठ ५ शनिवार



मासु पसलबाट मासिक दुई लाख बढी रुपियाँ आम्दानी

खुला |
प्रदेश |


मासु पसलबाट मासिक दुई लाख बढी रुपियाँ आम्दानी


राजन रावत
हुम्ला, माघ १७ गते । दुर्गम क्षेत्रमा सञ्चालन गरिएको मासु पसलबाट मासिक दुई लाख कमाई हुने गरेको पाइएको छ । वेरोजगार बस्नुभन्दा सानै लगानीबाट सुरु गरिएको सो व्यवसायबाट राम्रो कमाई भएको पसल सञ्चालकको भनाई छ ।

सुमित्रा फ्रेस हाउसकी सञ्चालक सुमित्रा थापाले मासु व्यवसायबाटै मासिक दुई लाखको कमाई हुनेगरेको बताउनुभयो । दैनिक एक सय बीस केजी मासु बिक्री हुनेगरेको उहाँको भनाई छ । दैनिक डेढ क्वीन्टल मासु नेपालगंजबाट हवाई जहाजबाट आउने र सो मासु हुम्लामा सञ्चालन गरिएको फ्रेसबाट बिक्री गर्दैआएको उहाँले बताउनुभयो ।

उहाँलाई श्रीमान अदानसिंह थापाले नेपालगंजबाट मासु पठाउने कार्यमा सहयोग गर्दै आउनुभएको उहाँको भनाई छ । जिल्लामा २१ वटा अन्य पसल भएपनि सफा गरेर मासु बिक्री गर्दै आउनुभएका कारण उहाँको पसलमा ग्राहकको घुईचो लाग्नेगरेको छ । यद्यपि कुनै दिन हवाई सेवा बन्द हुँदा व्यवसाय पनि बन्द गर्नुपर्ने अवस्था आउनेगरेको उहाँले बताउनुभयो ।

उधारो नजाने र नगद हातमा आउने भएको कारण उहाँ यो व्यवसायबाट निकै सन्तुष्ट रहनु भएको छ । हुम्लामा कुखुरको मासु प्रतिकेजी ६ सय रुपियाँ पर्नेगरेको छ । मासु पसलबाटै भएको कमाईले उहाँले नेपालगंजमा घडेरीको समेत व्यवस्था गरिसक्नु भएको छ । अन्य कुनै काम नगर्ने उहाँले चार जना छोरा छोरीलाई नेपालगंजमा पठनपाठन गर्दै आउनुभएको बताउनुभयो ।

दश वर्ष अघि बीस हजार रुपियाँ लगानी गरेर सो व्यवसाय उहाँले सञ्चालन गर्नुभएको थियो । यही व्यवसाय गर्न उहाँ अदानचुली गाउँपालिका–१ को कल्केबाट सदमुरमुकाम तीन दिन पैदल हिडेर आउनु भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?