logo
२०८१ बैशाख २५ मंगलवार



हिमपातले जनजीवन कष्टकर, चिसो बढेपछि दीर्घरोगीलाई समस्या

खुला |
प्रदेश |


हिमपातले जनजीवन कष्टकर, चिसो बढेपछि दीर्घरोगीलाई समस्या


चित्र मिजार
सिन्धुपाल्चोक, माघ २१ गते । बिहीबारबाट लगातर परेको हल्का वर्षाका कारण सिन्धुपाल्चोकका लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ ।

हेलम्बु गाउँपालिका–२ शेर्माथान, मेलम्ची घ्याङ, किउल, पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्ड, भोटेकोशीको भैरवकुण्ड, बाह्रबिसे नगरपालिकाको ओमपार्क, लिसंखुपाखर गापाको मुडे, त्रिपुरासुन्दरी गापाका जलजले क्षेत्रमा चार फिट बढी हिउँ परेको स्थानीयले बताएका छन् ।

लेकाली भेगका साथै गाउँ बजारको जनजीवन कष्टकर भएको छ । हिमपात र वर्षाका कारण बृद्धबृद्धा, बिरामी, सुत्केरी, दीर्घरोगी लगायतलाई मर्का परेको शेर्माथानका स्थानीय अगुवा थिलेन ह्योल्मोले जानकारी दिनुभयो । वर्षा र हिमपात रोकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?