logo
२०८१ बैशाख २५ मंगलवार



हिमपातका कारण लामोसाँघु–जिरी सडकखण्ड अवरुद्ध

खुला |
प्रदेश |


हिमपातका कारण लामोसाँघु–जिरी सडकखण्ड अवरुद्ध


बाबुराम शर्मा
चरीकोट, माघ २१ गते । शुक्रबार अपरान्ह ४ बजेदेखि करिब डेढ घण्टा भएको भारी हिमपातका कारण लामोसाँगु–जिरी सडकखण्ड अन्तर्गत खरिढुङगा क्षेत्रमा सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको हिमपातमा आज पुनः थएिपछि खरिढुङगा क्षेत्रका सडकमा हिउँ जमेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार खरिढुङगा क्षेत्रको सडकको दायाँ बायाँ करिब तीन फिट हिउँ जम्नुका साथै बीच सडकमा दुई फिट हिउँ जमेकाले सडकमा सवारीसाधन आवातजावत ठप्प भएको छ । बाक्लो हिमपात सडकमा जमेका कारण सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि काठमाडौंँबाट दोलखा फर्कने र राजधानी काठमाडौंँ प्रवेश गर्ने ठूला तथा साना सवारी साधानहरु बीच बाटोमै अलपत्र परेका छन् ।

आवतजावत बन्द भएपछि यात्रुहरु बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक सुचारु गराउन स्काभेटरले हिउँ पन्छ्याएर सडक सफा बनाउन पहल भइरहेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिनुभयो । बाक्लो हिमपात भइरहेका कारण स्काभेटरले हिउँ पन्छ्याएर सडक सञ्चालनमा ल्याउन पनि समस्या भएको उहाँको भनाई छ ।

यो वर्ष पहिलो पटक चरिकोटमा समेत हल्का हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली हुँदा यहाँका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हुनुकासाथै तल्लो भेगहरुमा पनि हल्का हिमपात भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?